काठमाण्डू, ८ वैशाख– गृहमन्त्री सुधन गुरुङ पार्टी सभापति रवि लामिछाने भेट्न सभापति लामिछानेको निवास बूढानीलकण्ठ पुगेका छन् । विवादास्पद व्यापारी दीपक भट्ट समूहको लगानी भएको लघु बिमा कम्पनीको संस्थापक सेयर रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री अहिले विवादमा परेका छन ।
यसै विषयलाई लिएर उनलाई राजीनामा दिनुपर्ने भन्दै टिप्पणी भइरहेको छ । गृहमन्त्री गुरुङले लघुबीमा कम्पनीमा सेयर लगानीका सम्बन्धमा सामाजिक सञ्जालसमेत स्पष्टीकरण दिएका थिए ।
उनले उक्त सेयर ऋणमार्फत लिएको भनेका छन् । उनले यसबारे सम्पत्ति विवरणमा लुकाएको भनेर उनको आलोचना भइरहेको छ । गुरुङ चैत १३ गते गृहमन्त्री बनेका हुन् । सार्वजनिक रुपमा चर्को आलोचना भएपछि उनी आफ्ना पार्टी सभापति लामिछाने भेट्न पुगेका हुन् ।