काठमाण्डू, ८ वैशाख– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले आफूले स्वकीय सचिव नलिने घोषणा गरेका छन । आज (मंगलबार) सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष साम्पाङले यस्तो बताएका हुन ।
उनले अन्य सांसदहरूलाई पनि स्वकीय नराख्न सुझाव दिएको जानकारी गराए । उनले भने, ‘म चाहिँ लिन्नँ । मैले घोषणा गरेँ, म चाहिँ लिन्नँ । मैले नलिनू भनेर भनेको छु ।’ उनले अन्य सांसदहरूले पनि स्वकीयको सुविधा नलिने विश्वास आफूले लिएको पनि बताएका छन ।