काठमाण्डू, ८ वैशाख– एमालेले पार्टीका संस्थापक नेताहरूको तस्वीर मात्र राखेर ब्यानर तयार गरेको छ । एमाले महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको ब्यानरमा पुष्पलाल सहित संस्थापक नेताहरूको तस्वीर राखिएको छ ।
तर अध्यक्ष केपी शर्मा ओलीको तस्वीर भने उक्त व्यानरमा राखिएको छैन । यसअघि एमालेले पार्टीका हरेकजसो ब्यानरमा ओलीको तस्वीर राख्ने गरेको थियो ।
नेताहरूका अनुसार भोलि मनाइने स्थापना दिवसमा ओली आउनेबारे समेत निश्चित छैन । अघिल्ला वर्षहरूमा एमालेले स्थापना दिवसलाई भव्य रूपमा मनाउने गरेको थियो ।