काठमाण्डू, ८ वैशाख– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन सुझाव दिएका छन । आज (मंगलबार) सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष साम्पाङले यस्तो बताएका हुन ।
उनले हप्तामा दुई, तीन पटकसम्म नयाँ नयाँ कुरा आइरहेकाले राजीनामा दिए राम्रो हुने सुझाव दिएका हुन । उनले भने, ‘उहाँको जहिल्यै नयाँ नयाँ सुनिरहन्छ । त्यस्तो नहुँदा राम्रो हुन्थ्यो ।
हप्तामा दुई तीन पटक सुनिरहिन्छ । घरि के घरि के भनेर,’ उनले सुझाव दिँदै भने, ‘त्यसले गर्दा उहाँले मार्गप्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो भन्ने सुझाव म दिन्छु ।’