एमाले नेता बास्कोटाको टिप्पणीः रास्वपा अब फाईनल हाइज्याक हुन बाँकी जस्तो देखियो

काठमाण्डु टुडे २०८३ वैशाख ८ गते १३:३० मा प्रकाशित

काठमाण्डू, ८ वैशाख– पूर्व मन्त्री एवं एमाले नेता गोकुल बास्कोटाले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हाइज्याक हुन बाँकी जस्तो देखिएको टिप्पणी गरेका छन ।

आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै एमाले नेता बास्कोटाले यस्तो टिप्पणी गरेका हुन । यद्पी यो रास्वपाको आन्तरिक मामिला भएको पनि उनले बताएका छन ।

एमाले नेता बास्कोटाले लेखेका छन, ‘रास्वपामा अब फाईनल हाइज्याक हुन बाँकी जस्तो देखियो । यद्पी त्यो उनीहरुको मामिला हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us