बेल्टार आगलागीमा दुईको मृत्यु, एक घाइते

काठमाण्डु टुडे २०८३ वैशाख ८ गते ८:४२ मा प्रकाशित

उदयपुर,  ९ वैशाख-उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टारस्थित शान्ति चोकमा मंगलबार बिहान भएको आगलागीमा परी दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्का रहेका छन् । आगलागीमा परी अस्मिता खड्का घाइते भएकी छन् । उनको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ ।
आज बिहान करिब पौने ३ बजे लक्ष्मी नारायण खड्काको घरबाट सुरु भएको आगोले छिमेकी रबिन कुमार दास र सकलदेवका घरसमेत जलेर क्षति पुगेको छ ।

आगलागी हुँदा घरभित्रका मानिसहरू सुतिरहेको अवस्थामा थिए ।
प्रहरीका अनुसार सुतिरहेको अवस्थामा आगोमा परी दुई जनाको मृत्यु भएको हो ।

त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकाका दमकल, स्थानीयवासी तथा प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको छ ।
प्रारम्भिक अनुमान अनुसार विद्युत् सर्टका कारण आगलागी भएको हुन सक्ने बताइएको छ ।

क्षतिको थप विवरण आउन बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us