काठमाण्डू, ७ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठकका लागि नेताहरू बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घण्टी घरमा आउनेक्रम जारी छ ।
आजको बैठकका लागि ९ एजेन्डा तय भएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन । उनका अनुसार सोमबारको बैठकमा पार्टीका गतिविधि ब्रिफिङ, केन्द्रीय सदस्यहरूको रिपोर्टिङ बैठकमा हुनेछ ।
यसका लागि २० जनालाई २ मिनेटको दरले समय छुट्याइएको झाको भनाइ छ । त्यस्तै महाधिवेशन कार्यविधि मस्यौदाबारे, विधान संशोधनबारे, स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आह्वान सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ ।
बैठकमा प्रवासमा रहेका नेपालीलाई प्रवासबाटै मताधिकार दिने सम्बन्धमा, सचिवालयका निर्णय अनुमोदन सम्बन्धमा छलफल हुँदैछ । रास्वपाले विविध शिर्षमा तीन वटा प्रस्तावमा छलफल हुने बताएको छ ।