गृहमन्त्री गुरुङलाई स्मृतिको सुझावः तपाईंका अरु काण्ड पनि निस्किन्छन्, राजीनामा दिहाल्नुस्

काठमाण्डु टुडे २०८३ वैशाख ७ गते १५:२७ मा प्रकाशित

काठमाण्डू, ७ वैशाख– जेनजेड रेड फोर्स नेपालकी संयोजक स्मृति तिमल्सिनाले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिएर छानबिनमा सघाउन आग्रह गरेकी छन ।

आज (सोमबार) प्रेस विज्ञप्ति जारी गर्दै तिमल्सिनाले गृहमन्त्री गुरुङलाई यस्तो सुझाव दिएकी हुन । उनले अरु पनि धेरै काण्ड बाहिर आउनसक्ने सम्भावना रहेको उल्लेख गर्दै तत्काल राजीनामा दिएर छानबिनमा सघाउन आग्रह गरेकी हुन् ।

कुनै दलमा नलाग्ने र मन्त्री बन्न पनि नजाने प्रतिबद्धता जनाए पनि गुरुङ रास्वपा प्रवेश गरी गृहमन्त्रीसम्म बनेको उल्लेख गर्दै विज्ञप्तिमा बिचौलियासँग साँठगाँठ गरेको आरोप पनि लगाइएको छ ।

‘नैतिक जिम्मेवारी लिँदै तपाईंले यथाशीघ्र गृहमन्त्री पदबाट राजीनामा दिनुहोस् र तपाईंमाथि निष्पक्ष छानबिन गर्न सरकारलाई मार्ग प्रशस्त गरिदिनुहोस् । जनताको विश्वासमाथि खेलबाड गर्ने अधिकार कसैलाई छैन, विज्ञप्तिमा उल्लेख छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us