एमाले उपमहासचिव भट्टराईको प्रश्नः एमालेले चुनावमा खाएको धक्काको जिम्मेवारी कसले लिने ?

काठमाण्डु टुडे २०८३ वैशाख ७ गते १३:१४ मा प्रकाशित

काठमाण्डू, ७ वैशाख– पूर्व मन्त्री एवं एमाले उपमहासचिव योगेश भट्टराईले पार्टी स्थापना दिवसको सन्दर्भमा कम्युनिष्ट आन्दोलनभित्र गम्भीर वैचारिक बहस आवश्यक भएको बताएका छन ।

पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको पार्टी पार्टी ७७ औँ वर्षमा प्रवेश गर्दैगर्दा फुट, विभाजन, एकता, पुनर्गठन र रूपान्तरणका अनेक चरण पार गरेको उनले बताएका छन ।

मनमोहन अधिकारी र मदन भण्डारी जस्ता नेताले निर्माण गरेको विरासत अहिलेको नेतृत्वका लागि अग्नि परीक्षा बनेको पनि उनले बताए । उनले पछिल्लो निर्वाचनमा खाएको धक्काको कारण नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीसँग जोडेर समीक्षा गर्नुपर्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us