एकपछि अर्काे पोल खुल्न थालेपछि गृहमन्त्री गुरुङ अध्यक्ष रहेको ‘हामी नेपाल’ को वेबसाइट नै बन्द

काठमाण्डु टुडे २०८३ वैशाख ७ गते १०:५० मा प्रकाशित

काठमाण्डू, ७ वैशाख– गृहमन्त्री सुधन गुरुङ र बिचौलिया दीपक भट्टबीचको कैयौं सेयर साइनो खुलेपछि उनीहरुबीच धेरै वर्ष देखि नै सुमधुर सम्बन्ध रहेको खुल्दै गएको छ ।

गत भदौमा भएको जेन जी आन्दोलन हाइज्याक गरेको आरोप लागेका सुधन हामी नेपालका संस्थापक संयोजक समेत हुन । त्यही संस्थाले भट्टलाई पाँच वर्षअघि राजधानीमा सम्मान गरेको थियो । कतै स्मार्ट माइक्रो फाइनान्समा प्राप्त २५ लाखको ‘निशुल्क’ शेयर त्यही सम्मानको बार्टर त हैन रु प्रश्न यसरी पनि उठ्ने गरेको छ ।

सन् २०२१ को डिसेम्बर २१ मा उक्त संस्थाले आयोजना गरेको साधारण सभामा सहयोगी तथा दाताहरुलाई सम्मान गर्दा बिचौलिया भट्टलाई पनि उपहार र कदर पत्र प्रदान गरिएको थियो ।

सुधन र बार्बरा फाउण्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले निजलाई उपहार र कदरपत्र हस्तान्तरण गरेको फोटो फेला परेका छ । तस्बिरमा खैरो ज्याकेट लगाएर उभिँदै माइक समातेर बोल्ने व्यक्ति उनै दीपक हुन् ।

सोफामा मास्क लगाएर सुधनसँगै बसेको अर्को तस्विरमा पनि देखिन्छ । एकपछि अर्को विवादमा तानिएपछि सुधनको सामाजिक संस्था हामी नेपालको वेवसाइट खुल्न छाडेको छ ।

हिजो बेलुकी मात्रै सुधन र दीपक भट्टबीच कसिलो व्यापारिक सम्बन्ध रहेको विवरणहरु सार्वजनिक भएको छ । यसअघि उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेखित जमिन विवरण प्रचलित हदबन्दीभन्दा झण्डै चार गुणा बढी देखिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us