रास्वपा सांसद थापाले तिरेनन् होटलको बिल

काठमाण्डु टुडे २०८३ वैशाख ७ गते १०:०१ मा प्रकाशित

काठमाण्डू, ७ वैशाख– गत २१ फागुनमा भएको प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रुपन्देही–३ का सांसद डा.लेखजंग थापाले निर्वाचनका क्रममा होटलमा भएको खर्चको बिल अझै तिरेका छैनन् ।

सिद्धार्थनगर नगरपालिका–८ स्थित ग्यालेक्सी गेष्ट हाउस एण्ड रेष्टुरेन्टलाई १ लाख २५ हजार ६ सय ४० रुपैयाँ अझै तिर्न बाँकी रहेको खुलेको हो । ग्यालेक्सी होटलका सन्चालक दिनेश पौडेलले सामाजिक सञ्जालबाटै होटलको बिल तिर्न अनुरोध गरेका छन् ।

‘प्रत्यक्षको चुनाव त रास्वपाले जित्यो,हर्ष बढाइँ पनि भयो र अझै चल्दैछु – पौड्यालले लेखेका छन्, तर चुनावी दौरानमा अनेक पटक गरेका मिटिङ्ग,चिया,खाजा, लस्सी,मोमो,रक्सी खर्च र उम्मेदवारको बडीगार्डको लागि महिनौंको कोठा बुकको खर्च भुक्तानीका लागि चुनावी कमाण्डरज्यू लगायतलाई पेश गर्दा जवाफदेहिता नलिंदा म गहिरो मर्कामा परेको छु ।’

चुनावी दौरानमा अनेक पटक गरेका मिटिङ्ग,चिया,खाजा, लस्सी,मोमो,रक्सी खर्च र उम्मेदवारको बडीगार्डको लागि महिनौंको कोठा बुकको खर्च भुक्तानीका लागि चुनावी कमाण्डरज्यू लगायतलाई पेश गर्दा जवाफदेहिता नलिंदा म गहिरो मर्कामा परेको छु ।’

पौडेलले सामाजिक सञ्जालमा भ्याटबिनाको उक्त बिल रकम यथाशीघ्र तिर्ने ब्यवस्था मिलाउन माग गर्दै सांसदका ड्राइभर तथा बडीगार्डको कपडा धुलाई गरेका स्थानीय गरीव धोवीको रु.३२०० पनि नतिरेको गुनासो गरेका छन् ।

ग्यालेक्सी होटल रास्वपा समानुपातिक सांसद ज्ञानु पौड्यालका पति दिनेशले सन्चालन गर्दै आएका छन । हिजो सामाजिक सञ्जालमा भुक्तानीसम्बन्धी यो पोष्ट गर्नुअघि अस्ति साँझ ग्यालेक्सी होटलको पेजमा राजनीतिक दल सामाजिक संघ संस्थाको नाममा सात दिनभित्र बाँकी बक्यौता तिर्न अनुरोध गर्दै सूचना पोष्ट गरेका थिए । पौडेलले रास्वपाका नेताहरुको दवावपछि भने पछिल्लो पोष्ट डिलिट गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us