हावाहुरीले घरको पर्खाल भत्किंदा सिरहामा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८३ वैशाख ६ गते १७:०७ मा प्रकाशित

काठमाण्डू, ६ वैशाख– सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका–२ मकरामपुरमा हावाहुरी र वर्षाका कारण घरको पर्खाल खस्दा एक महिलाको मृत्यु भएको छ ।

हावाहुरीले शनिबार राति करिब ८: ४५ बजे घरको पर्खाल भत्काउँदा पुरिएर करिब ६० वर्षीया किसुनवती यादवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यलय महेशवारीको टोली घटनास्थल पुगेर विवरण संकलन गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डिएसपी रमेशबहादुर पालले जानकारी दिए ।

मृतकको शव घरमै राखिएको तथा घटनास्थल सुरक्षित गरिएको प्रहरीले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय महेशवारीबाट करिब ४.५ किलोमिटर पश्चिममा पर्दछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us