गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

काठमाण्डु टुडे २०८३ वैशाख ६ गते १५:४२ मा प्रकाशित

काठमाण्डू, ६ वैशाख– प्रहरीले गुण्डागर्दीमा संलग्न आरोपमा निरे भनेर चिनिने निराजन पौडेललाई पक्राउ गरेको छ । काठमाण्डू महानगरपालिका–३ बसुन्धारा घर भएका पौडेललाई वैशाख ३ मा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी पवन भट्टराईले जानकारी दिएका छन । भट्टराईले भने, ‘पौडेलमाथि अनुसन्धान भइरहेको छ ।’

पछिल्लो समय ठेक्कापट्टा गर्दै आएका पौडेल मिलन चक्रे समूहमा रहेर गुण्डागर्दीमा संलग्न रहेको आरोप छ । यसअघि उनीविरुद्ध हातहतियार, ज्यान मार्ने उ्रद्योग र अभद्र व्यवहार सम्बन्धी ६ वटा मुद्दा दर्ता भएको थियो । अहिले उनी सातौँ मुद्दामा पक्राउ परेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us