केरा महँगिँदा सत्ता पक्षकै सांसदको कटाक्ष !

काठमाण्डु टुडे २०८३ वैशाख ६ गते १५:३१ मा प्रकाशित

काठमाण्डू, ६ वैशाख– पछिल्लो समय केराको मूल्य अस्वाभाविक वृद्धि भएको छ । जसका कारण सर्वसाधारणदेखि सांसदसम्मले केराको मूल्यलाई लिएर कटाक्ष गर्न सुरु गरेका छन ।

यसैबिच सत्तापक्षकै एक सांसदले केराको मूल्यलाई लिएर सामाजिक सञ्जालबाट प्रश्न गरेकी छन । सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निर्वाचित सांसद आशिका तामाङले आइतबार फेसबुकमा कटाक्ष गर्दै लेखिन्,‘ केरा नै केरा फल्ने देशमा एक दर्जनको रु.३५०’ । सस्तो, सुलभ र स्वास्थ्यवर्द्धक मानिने यो फल अहिले उपत्यकाका खुद्रा पसलहरूमा ३५० देखि ४०० रुपैयाँसम्म पुगेको छ ।

केही महिना अघिसम्म प्रतिदर्जन १२० देखि १५० रुपैयाँमा पाइने केराको मूल्य ह्वात्तै बढेको हो । सरकारले केरामा देखिएको अस्वाभाविक वृद्धि नियन्त्रण गर्नुपर्ने सर्वसाधारणको माग छ ।

व्यापारीहरूका अनुसार भारतीय केराको आयात रोकिँदा माग र आपूर्तिबिच ठुलो खाडल बनेको छ । यही खाडलमा बिचौलियाहरूले खेलिरहेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us