शेखर समूहले भन्योः पार्टी एक राख्ने/नराख्ने जिम्मेवारी सभापतिको

काठमाण्डु टुडे २०८३ वैशाख ६ गते १५:१५ मा प्रकाशित

काठमाण्डू, ६ वैशाख– कांग्रेस नेता डा.शेखर कोइरालाको समूहले अब पार्टीमा एकता कायम राख्ने नराख्ने जिम्मेवारी सभापति गगन थापाको काँधमा पुगेको बताएको छ ।

आज (आइतबार) बिहान नेता डा.कोइराला निवासमा बसेको समूहको भेलाले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने निर्णय गरेको कांग्रेस नेता जीवन परियारले जानकारी दिएका छन ।

निवर्तमान उपसभापति धनराज गुरुङ, पूर्वमहामन्त्री डा.शशांक कोइराला, निवर्तमान सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे तथा नेताहरू बलबहादुर केसी, डा.मीनेन्द्र रिजालसहित १४ केन्द्रीय नेताहरूको बैठकले सर्वोच्चको फैसला स्वीकार गर्ने निष्कर्ष निकालेको निवर्तमान सहमहामन्त्री परियारले जानकारी दिए । सहमहामन्त्री परियारका अनुसार भेलाले दुई बुँदे निष्कर्ष निकालेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us