एम्बुलेन्सको ठक्करबाट हजुरबा र नातीको मृत्यु, दुई घाइते

काठमाण्डु टुडे २०८३ वैशाख ६ गते १०:०६ मा प्रकाशित

बर्दिया, ६ वैशाख- बर्दियामा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

बाँकेको कोहलपुरबाट बर्दियाको राजापुर जाँदै गरेको कोहलपुरस्थित सिर्जनशील टोल विकास संस्थाद्वारा सञ्चालित लुम्बिनी प्रदेश बा–०–३०५ नम्बरको एम्बुलेन्सले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

घटनामा गुलरिया नगरपालिका– ५ का ५५ वर्षीय भूमिराज लामिछाने र उनका नाति (छोरीका छोरा) ९ वर्षीय रिहान्स खरेलको मृत्यु भएको छ । उनीहरुको उपचारका क्रममा मृत्यु भएको बर्दिया प्रहरीका इन्स्पेक्टर प्रकाशसिंह कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार एम्बुलेन्सको ठक्करबाट मृतक लामिछानेकी पत्नी ५० वर्षीया सीता लामिछाने र ६५ वर्षीय सूर्य उपाध्याय घाइते भएका छन् । यसैबीच प्रहरीले एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us