काठमाडौं, वैशाख — एमाले अध्यक्ष केपी ओली शनिबार साँझ त्रिवि शिक्षण अस्पतालबाट घर फर्किएका छन् ।
करिब तीन साता अस्पताल बसाइपछि उनी भक्तपुरको गुण्डुस्थित निवास पुगेका हुन् ।
प्रहरीले जेनजी आन्दोलनसँग जोडिएका घटनाको अनुसन्धानका लागि चैत १४ गते उनलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएका ओलीको अवस्था सामान्य नरहेपछि त्यहीँ भर्ना गरिएको थियो । अस्पतालमै राखेर अनुसन्धान अघि बढाइएको थियो ।
पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेपछि अदालतले उनलाई हिरासतबाट मुक्त गर्न आदेश दिएको थियो ।
सोही आदेशअनुसार प्रहरीले उनलाई चैत २६ गते हाजिरी जमानीमा रिहा गर्दै परिवारको जिम्मा लगाएको थियो ।
हिरासतबाट छुटेपछि पनि उनी उपचारकै लागि अस्पतालमै बसेका थिए। पित्तथैलीमा पत्थरी देखिएपछि चैत ३० गते उनको शल्यक्रिया गरिएको थियो । त्यसपछिका केही दिन चिकित्सकको निगरानीमा राखिएपछि स्वास्थ्यमा सुधार आएसँगै शनिबार डिस्चार्ज गरिएको हो ।