काठमाण्डू, ५ वैशाख– कांग्रेसको संस्थापन इतर समूहका नेताहरुको बैठक आइतबार पनि बस्ने भएको छ ।
तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आइतबारका लागि बैठक बोलाएका हुन् ।
यसअघि शनिबार खड्का निवास गोल्फुटारमा पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरुको बैठक बसेको थियो ।
बैठकमा नेताहरु कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, रमेश लेखक, एनपी साउद, मीन विश्वकर्मा र महरलगायत सहभागी थिए । बैठकमा नेता शेखर कोइराला भने सहभागी भएनन् ।
सर्वोच्च अदालतले शुक्रबार विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा निर्वाचित कार्यसमितिलाई वैधता दिएपछिको अवस्थामा देउवा पक्ष आफ्नो समूहको रणनीति बनाउन छलफलमा जुटेको हो ।
आइतबारको बैठकमा १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई बोलाइएको नेता नैनसिंह महरले जानकारी दिए ।
उनका अनुसार बैठक आइतबार मध्याहन १२ बजेधुम्बाराहीस्थित एक होटलमा बस्नेछ ।