कैलाली, ५ वैशाख– कैलालीमा ब्रोइलर कुखुराको मासु खाएर बिरामी भएका दुई बालकको मृत्यु भएको छ ।
चुरे गाउँपालिका–३ भक्तपुरका ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मृतक सहोदर दाजुभाई हुन् । प्रहरीका अनुसार उनीहरुले बिहीबार मरेको कुखुराको मासु खाएका थिए ।
मासु खाएर बिरामी भएका मृतकहरुका भाई तीन वर्षीय दिपेश ताम्राकार र आमा २८ वर्षीया राधिका ताम्राकारको सेती प्रादेशिक अस्पतालमा उपचार जारी छ । प्रहरीले मासु फार्म सञ्चालक मंगल साउदलाई नियन्त्रणमा लिएर छाडेको छ ।
साउदलाई बोलाएको समयमा उपस्थित हुने सर्तमा कागज गरेर आफन्तको जिम्मामा छाडिएको कैलाली प्रहरीले जनाएको छ ।