काठमाडौं — सर्वोच्च अदालत ले निर्वाचन आयोग को निर्णयलाई सदर गर्दै नेपाली कांग्रेस भित्रको गगन थापा समूहलाई दिइएको आधिकारिकता कानुनसम्म रहेको ठहर गरेको छ।
न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौला को इजलासले विशेष महाधिवेशनबाट बनेको संरचनालाई वैधानिक मान्यता दिएको हो।
यससँगै विशेष महाधिवेशनलाई अस्वीकार गर्न माग गर्दै आएको शेरबहादुर देउवा समूहको दाबी अप्रत्यक्ष रूपमा खारेज भएको छ।
अदालतको फैसलापछि विशेष महाधिवेशनबाट चयन भएको वर्तमान कार्यसमितिका निर्णय र गतिविधिले निरन्तर वैधानिकता पाउने भएका छन्।
शुक्रबार गगन थापा पक्षका तर्फबाट अधिवक्ताहरू हरिहर दाहाल, सीताराम केसी, गोपालकृष्ण घिमिरे, सेमन्त दाहाल, दीनमणि पोखरेल, चन्द्रकान्त ज्ञवाली, पूर्णमान शाक्य, शैलेन्द्र दाहाल र यदुनाथ खनालले बहस गरेका थिए।
त्यसैगरी, रिट निवेदक देउवा समूहका तर्फबाट अधिवक्ताहरू रमेश बडाल, रमण श्रेष्ठ र गोविन्द बन्दीले अदालतमा आफ्नो पक्ष प्रस्तुत गरेका थिए।