धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठद्वारा राजीनामा

काठमाण्डु टुडे २०८३ वैशाख ४ गते २२:१६ मा प्रकाशित

काठमाडौं, वैशाख ४ — नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।

शुक्रबार उनले अर्थ मन्त्रालय मा राजीनामा पत्र बुझाएका हुन्। मन्त्रालय पुगेका श्रेष्ठले आफूले स्वेच्छाले राजीनामा दिएको जानकारी दिएका छन् ।
अर्थमन्त्रीको सचिवालयका अनुसार श्रेष्ठले ‘सरकारलाई सहयोग पुग्ने गरी आफूले राजीखुसीले मार्ग प्रशस्त गरेको’ बताएका छन् ।

श्रेष्ठलाई २०८१ मंसिर १० गते नेपाल धितोपत्र बोर्ड को कार्यकारी अध्यक्षमा नियुक्त गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us