काठमाण्डू, ४ वैशाख– रोल्पामा लडेर एक बालकको मृत्यु भएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–६ सानो भुर्ती बस्ने बालाराम ओलीका ५ वर्षीय छोरा शंकरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घरको आँगनमा थुपारेर राखिएको खरमा खेल्ने क्रममा उनी लडेर घाइते भएका थिए । खेल्ने क्रममा लडेर घाइते भएका शंकरलाई उपचारका लागि नेर्पा स्वास्थ्य चौकी जुगार पुर्याइएको थियो ।
स्वास्थ्य चौकी पुर्याइए पनि चिकित्सले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी सुनिल थापा नेपालीले जानकारी दिएका छन । घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए ।