काठमाण्डू, ४ वैशाख– गृहमन्त्री सुधन गुरुङले आफ्नै बाबुले नै गल्ती गरे पनि नछाड्ने बताएका छन । हिजो (बिहिबार) साँझ सुरक्षा पत्रकारहरुसँगको भेटघाटका क्रममा गृहमन्त्री गुरुङले यस्तो बताएका हुन ।
उनले भने, ‘म गल्ती गर्ने कसैलाई छाड्दिनँ । मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिनँ ।’ गल्ती गर्नेलाई अनुहार नहेरी कारबाहीको दायरामा ल्याउने काम भइरहेको पनि उनले बताएका छन ।
भीआईपीलाई अदालतले छाडेको भने उनले असन्तुष्टि पोखे । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अधक्ष्य केपी शर्मा ओलीलाई रातभर आफू र सुरक्षा निकायका प्रमुख तथा कर्मचारीहरु खटिएर समातेको तर अदालतले छाडेकोमा उनले असन्तुष्टि समेत व्यक्त गरे । ‘रातभर दुई आईजीपी म बसेर काम गर्यौं । अहिले स्वाट्ट अदालतले छाडिदियो ।
हाम्रो दुःख खेरे गयो’, उनले भने । विभिन्न कानुनका कुराहरू आउँदा रहेछन् । अहिले म यसरी काम गरेको छु आफैं कानुन अध्ययन गर्न थालेको छु । ‘अब भोलिका दिनमा समाउँदा यो कारण, यो कानुनले छाड्न मिल्दनै भनेर कम्तीमा भन्न त पाइयोस्,’ उनले भने । अहिले यही कारणले गर्दा भीआईपीमाथिको कारबाहीमा केही सुस्त जस्तो देखिए पनि गल्ती गर्नेलाई कारबाही गर्न भने नरोकिने उनले बताए ।