काठमाडौं, ३ वैशाख । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा पक्राउ परेका खड्का गत चैत १५ गतेदेखि हिरासतमा थिए ।
उनको पक्राउविरुद्ध उनकी पत्नी विनिता थापाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।
उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले खड्कालाई थुनामुक्त गर्न आदेश दिएको हो ।