काठमाण्डू, ३ वैशाख– बझाङमा खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ । बझाङको बित्थडचिर गाउँपालिका–१ को माथिल्लो बित्थडमा शुक्रबार खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पानीमा डुबेर सोही ठाउँका गगन बोहराको ५ वर्षीया छोरा जेनिस र सन्तोश बोहराको ६ वर्षीया छोरी प्रिन्सा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक बिष्टले जानकारी दिएका छन ।
दुवै जना छिमेकीको घर नजिकै शौचालय निर्माण गर्न खनेको खाल्डोमा जमेको पानीमा डुबेको अवस्थामा दिउँसो सवा २ बजेतिर मृत फेला परेको उनले जानकारी दिए । घटनास्थल कार्य सकेर उनीहरूको शव परीक्षणका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।