किसानले वर्षमा पाँच करोडको दूध बेचे

काठमाण्डु टुडे २०७१ असोज १९ गते ६:१४ मा प्रकाशित

धनुषा, १९ असोज- धनुषाका दूध व्यवसायी कृषकले राम्रो आम्दानी लिन थालेका छन् ।

milkउनीहरुले वाषिर्क पाँच करोड १४ लाख मूल्य बराबरको कारोबार गर्ने गरेका छन् । किसानद्वारा उत्पादित दूध धनुषाका विभिन्न १२ वटा डेरी उद्योगले खरिद गरी सो मूल्यबराबरको कारोबार गर्ने गरेको जिल्ला पशु कार्यालयधनुषा धनुषाले जनाएको छ ।

अधिकांश डेरी उद्योगमा विवाहको लगन, व्रतबन्ध, पूजापाठ र चाडपर्वमा अत्यधिक रूपमा दूधको बिक्री हुने गरेको छ । दूध व्यापारीहरूका अनुसार यसलाई पिक सिजन भनिएको र यस समयमा दूधको बिक्री अत्यधिक हुने गरेको छ ।

पशु विकास कार्यालयका अनुसार धनुषामा वाषिर्क करिब १२ लाख ८५ हजार लिटर वाषिर्क दूध बिक्री हुने गरेको छ । जसले धनुषाभरि दूध आपूर्ति गर्दै आएको छ ।

पशु कार्यालयका अनुसार जानकारी डेरी उद्योगले वाषिर्क ९९ लाख रुपैयाँ, गणेश महावीर डेरी उद्योगले ७२ लाख रुपैयाँ, आकाश दूध डेरी महेन्द्र नगरले १८ लाख रुपैयाँ, हंसराज डेरी उद्योगले ७२ लाख रुपैयाँ, आनन्द डेरी उद्योगले ९६ लाख रुपैयाँ, दीपक डेरी उद्योगले ४२ लाख रुपैयाँ, कृष्ण डेरी उद्योगले ३४ लाख रुपैयाँ, धनुषाधाम दूध डेरीले १८ लाख रुपैयाँ, मां दुर्गा डेरी उद्योग मडानले १८ लाख रुपैयाँ, शाह डेरी उद्योगले ४८ लाख रुपैयाँको वाषिर्क कारोबार गर्ने गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us