काठमाण्डू, ३ वैशाख– संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थ लगायतका उपभोग्य वस्तुहरू गरिएको मूल्यवृद्धि विरुद्ध प्रदर्शन गरेका छन । आज (बिहीबार) ती सङ्गठनले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उनीहरुले मूल्यवृद्धि नियन्त्रण, राहत प्याकेज घोषणा र पेट्रोलियम पदार्थमा लगाइएको कर खारेज गरी मूल्य समायोजन गर्न सरकारसँग माग गरेका छन् ।