काठमाण्डू, ३ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री र सांसदहरूका लागि लेबी तोकेको छ । आज (बिहीबार) सिंहदरबारमा बसेको संसदीय दलको बैठकले मन्त्री र सांसदहरूको लेबी तोक्ने प्रस्ताव पारित गरेको प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिएका छन ।
सांसदहरूका लागि १६ हजार ५ सय र मन्त्रीहरूका लागि १८ हजार लेबी तोक्ने प्रस्ताव पारित भएको उनले जानकारी दिए । त्यस्तै, स्वकीयहरूका लागि पनि २ हजार लेबी तोक्ने प्रस्ताव पारित भएको छ ।
अहिले उक्त व्यवस्था मन्त्रीका स्वीकय सचिवका हकमा लागू हुनेछ । सांसदहरूले स्वकीय राख्न पाउने व्यवस्था भएको खण्डमा सांसदका स्वकीयका लागि पनि लेबीको व्यवस्था हुने बुर्लाकोटीले जानकारी दिए । सांसदहरूको स्वकीय तोकिएको खण्डमा उनीहरूले पनि पार्टीलाई २ हजार लेबी तिर्नुपर्ने व्यवस्था पारित भएको हो ।