विपक्षी दलका सांसद र सभामुखबिच भेटवार्ता

काठमाण्डु टुडे २०८३ वैशाख ३ गते १४:२२ मा प्रकाशित

काठमाण्डू, ३ वैशाख– प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलका सांसद र सभामुख डोलप्रसाद अर्यालबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुख अर्यालको कार्यालयमा प्रमुख प्रतिपक्षी दल कांग्रेस तथा विपक्षी दल एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले भेटवार्ता गरेका हुन ।

भेटमा कांग्रेसका सांसदहरू अर्जुननरसिंह केसी, भरतबहादुर खड्का भीष्मराज आङ्दाम्बे र योगेश गौचन, एमालेबाट गुरु बराल र पदमा अर्याल तथा नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र युवराज दुलाल सहभागी रहेको स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us