लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने रास्वपाको निर्णय

काठमाण्डु टुडे २०८३ वैशाख ३ गते १४:१८ मा प्रकाशित

काठमाण्डू, ३ वैशाख– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ ।

रास्वपा संसदीय दलको सिंहदरबारस्थित कार्यालयमा बसेको बैठकले प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको हो । कांग्रेसबाट लेखा समिति सभापतिमा कांग्रेस सांसदहरू भरत खड्का, मोहन आचार्य, योगेश गौचन र जनकराज गिरीले आकांक्षा राखेका छन् ।

तर, कांग्रेस सभापति गगन थापाले रसुवाबाट निर्वाचित मोहन आचार्यलाई दिन चाहेका छन् । यसअघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसको प्रमुख प्रतिपक्षी दलहरूको बैठकले लेखा समितिको सभापतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेका थिए ।

बैठकमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरू सहभागी रहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us