काठमाण्डू, ३ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक जना मुख्य सचेतक र दुई जना सचेतक चयन गरेको छ ।
आज (बिहिबार) बसेको रास्वपाको संसदीय दलको बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।
सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको हो ।