रास्वपा संसदीय दलको बैठक जारी

काठमाण्डु टुडे २०८३ वैशाख ३ गते १३:२६ मा प्रकाशित

काठमाण्डू, ३ वैशाख– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा जारी बैठकमा संसदीय समितिका सभापतिहरूको उम्मेदवार तय गर्ने कार्यसूची रहेको एक नेताले जानकारी दिएका छन ।

संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् । राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै भइसकेको छ ।

प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समिति सभापतिको निर्वाचन हुन बाँकी छ । गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो ।

सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us