धनगढी,३ वैशाख-कैलालीमा ट्याक्टरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ ।
बुधबार राति लम्कीचुहा नगरपालिका–५ स्थित चौरीको भित्री सडकखण्डमा से१त ८७५८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा ६ वर्षीया डिनल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राति करिब पौने ९ बजेतिर घर नजिकै सडकमा खेलिरहेकी अवस्थामा उनलाई ट्याक्टरले ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी डिनललाई तत्काल उपचारका लागि बर्दगोरिया अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न ट्याक्टर र चालक, सोही स्थानका ३७ वर्षीय रामबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।