इरानको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा

काठमाण्डु टुडे २०८३ वैशाख ३ गते ६:२७ मा प्रकाशित

काठमाण्डू, ३ वैशाख- अमेरिका–इरानबीचको तनावका क्रममा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा बुधबार रिहा भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार उनी अहिले सुरक्षित छन् र परिवारसँग सम्पर्कमा आइसकेका छन् ।

परराष्ट्र मन्त्री शिशिर खनालले अमृतको रिहाइबारे पुष्टि गर्दै इरानस्थित नेपाली महावाणिज्य दूतावास र कतारस्थित नेपाली दूतावासबाट सो जानकारी प्राप्त भएको बताएका छन् । सरकार अब उनलाई सकेसम्म छिटो सुरक्षित रूपमा नेपाल फर्काउने तयारीमा जुटेको पनि उनले जानकारी दिए ।
इरानको कब्जामा रहेका नेपाली युवा अमृत झाल स्ट्रेट अफ हर्मुजकै एउटा टापुमा गरियो रिहाउदयपुरको त्रियुगा नगरपालिका निवासी ३२ वर्षीय अमृत झालाई गत मार्च २१ मा दक्षिणी इरानको स्ट्रेट अफ हर्मुज क्षेत्रबाट नियन्त्रणमा लिइएको थियो । उनी कार्यरत पानीजहाज इरानले कब्जामा लिएपछि चालक दलका सदस्यका रूपमा उनी पनि पक्राउ परेका थिए । सो घटनामा झासहित सात जना समातिएका थिए, जसमध्ये अन्य ६ जना भारतीय नागरिक थिए ।

रिहापछि अमृतलाई स्ट्रेट अफ हर्मुजमै पर्ने केशम टापुमा छाडिएको जनाइएको छ। उनीसँग एउटा चिठी पनि रहेको जानकारी आएको भए पनि त्यसको विवरण खुल्न सकेको छैन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us