काठमाण्डू, २ वैशाख- कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि समिति गठन गरेको छ ।
पार्टी कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा समिति गठनको निर्णय गरेको हो ।
समितिमा सहमहामन्त्रीहरू योगेन्द्र चौधरी र प्रकाश रसाइली स्नेही सदस्य रहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
कांग्रेसले आगामी असोजमा १५औँ महाधिवेशन गर्ने तयारी गरिसकेको छ । सोही सन्दर्भमा वैशाख महिनाभर क्रियाशील सदस्यता अद्यावधिक अभियान सञ्चालन भइरहेको छ ।