काठमाण्डू, १ वैशाख– श्रीमान्लाई भिडियो कलमार्फत ‘मर्न’ लागेको जानकारी गराएकी एक महिलालाई प्रहरीले सकुशल उद्धार गरीएको छ । ललितपुरको महानगरपालिका–२७ सुनाकोठी बस्ने ४३ वर्षीया महिलाले गरेको फोन संवादबारे श्रीमान्ले प्रहरीलाई जानकारी गराएकी थिए ।
लगत्तै जिल्ला प्रहरी परिसर, ललितपुरको टोली खोजतलासमा खटिएको थियो । सो क्रममा ती महिलालाई सुनाकोठीको जंगलबाट फेला पारेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार, ती महिलालाई आफन्तको जिम्मा लगाइएको पनि प्रहरीले जानकारी दिएको छ ।