काठमाण्डू, १ वैशाख– ललितपुरको जावलाखेलस्थित चिडियाखानाभित्र एक पुरुष डुबेको अवस्थामा फेला परेका छन । सोमबार बिहान पोखरीमा डुबेको अवस्थामा भेटिएका ती पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार अन्दाजी ५५ वर्षीय पुरुषलाई उद्धार गरी तत्काल पाटन अस्पताल लगिएको थियो । अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
ती पुरुष चिडियाखानाभित्र कसरी र कहिले प्रवेश गरे तथा डुबेर ज्यान कसरी गयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।