मन्त्रिपरिषद् सदस्यका सम्पत्तिबारे परराष्ट्रमन्त्री खनालले भनेः हाम्रा सम्पत्तिका स्रोत स्पष्ट छन्

काठमाण्डु टुडे २०८२ चैत ३० गते १७:१५ मा प्रकाशित

काठमाण्डू, ३० चैत– परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रीहरूले सार्वजनिक गरेका सम्पत्तिका स्रोतहरू अस्पष्ट नभएको तर्क गरेका छन । आज (सोमबार) मोरिसस भ्रमणबाट फर्केका मन्त्री खनालले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन ।

उनले भने, ‘आम्दानीका स्रोत स्पष्ट छन्, कसैले छानबिन गर्न चाहन्छ भने स्वभाविक रूपमा गर्न सक्ने नै भयो ।’ चार वर्षअघि स्थापना भएको आफ्नो पार्टीका मन्त्री र सांसदहरू विभिन्न पेशाबाट आएको हुनाले आम्दानी हुनु स्वाभाविक भएको पनि उनले बताए ।

उनले आफ्नो पार्टी सुरुदेखि नै सुशासनको पक्षमा रहेको र यसअघि गठबन्धन सरकारमा सहभागी हुँदा पनि रास्वपाका सांसदहरूले सम्पत्ति विवरण सार्वजनिक गरेको समेत बताएका छन । प्रधानमन्त्री सहित मन्त्रीहरूको विवरण आइतबार सार्वजनिक भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us