बागमतीका सांसदहरूसँग प्रधानमन्त्रीले गरे छलफल

काठमाण्डु टुडे २०८२ चैत ३० गते १६:४६ मा प्रकाशित

काठमाण्डू, ३० चैत– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले सोमबार दिउँसो बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका हुन ।

प्रधानमन्त्री बनेलगत्तै उनले विभिन्न प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै छलफल थालेका थिए । अन्य सबै प्रदेशका सांसदहरूसँग उनले यसअघि नै छलफल गरिसकेका छन् ।

सोमबार भने उनले बागमतीका सांसदहरूसँग छलफल गरेका हुन् । उनले सांसदहरूसँग आ–आफ्ना निर्वाचन क्षेत्रका समस्या, तत्काल र दीर्घकालीन रुपमा गर्न सकिने समाधानका उपाय लगायतबारे छलफल गरिरहेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us