केपी ओलीको शल्यक्रिया सकियो, वार्डमा सारिँदै

काठमाण्डु टुडे २०८२ चैत ३० गते १२:५४ मा प्रकाशित

काठमाण्डू, ३० चैत– एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरीको अपरेशन सकिएको छ । उनलाई अपरेशन थिएटर (ओटी) बाट वार्डमा सार्ने तयारी भइरहेको छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका निर्देशक डा.सुवास आचार्यले ओलीको अपरेशन सम्पन्न भएको जानकारी दिए । विस्तृत जानकारीका लागि केहीबेरमै प्रेस नोट जारी हुने पनि उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us