पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया जारी

काठमाण्डु टुडे २०८२ चैत ३० गते ११:३६ मा प्रकाशित

काठमाण्डू, ३० चैत– पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको शल्यक्रिया गरिएको छ । अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया आज जारी छ । उनको सचिवालयका अनुसार अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया जारी छ ।

त्रिवि शिक्षण अस्पतालका सहनिर्देशक गोपाल सेढाईंले अध्यक्ष ओलीको आज शल्यक्रिया गर्ने बताएका थिए। अध्यक्ष ओलीलाई प्रहरीले चैत १४ गते बिहान पक्राउ गरेको थियो। त्यसपछि उनी अस्पतालमै थिए ।

ओलीलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश दिएको थियो। उनी हाजिरी जमानीमा रिहा भइसकेका छन् । तर उनी स्वास्थ्य उपचारका लागि अस्पतालमै छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us