काठमाण्डू, २९ चैत– हेटौडाबाट काठमाण्डू आउँदै गरेको कार दक्षिणकालीमा दुर्घटनामा परेको छ । दक्षिणकाली नगरपालिका–९ रानीमडाँडामा भिरबाट कार खस्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बीएबी ५२८१ नम्बरको कार दुर्घटना हुँदा ३४ वर्षीय सुरज खड्काको ज्यान गएको प्रहरीले जनाएको छ । दक्षिणकाली नगरपालिका–८ रानीमडाँडा, केरावारी–सितचोक नजिक सडकबाट कार करिब ७ सय मिटर खसेको र घटनाबारे आवाश्य अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।