दूषित पानीका कारण गैँडा मरेको भन्दै गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र

काठमाण्डु टुडे २०८२ चैत २९ गते १५:०९ मा प्रकाशित

काठमाण्डू, २९ चैत– नवलपुरका स्थानीयवासीले दूषित पानीका कारण गैँडा मरेको भन्दै गृहमन्त्री सुधन गुरुङलाई ध्यानाकर्षण गराएका छन ।

आज (आइतबार) नवलपुरका सांसद राजन गौतम सहितको टिमले गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाएका हुन । विभिन्न उद्योगबाट आएको दूषित फोहोर पानी खोलामा मिसिएको र उक्त पानी खाँदा कैयौँ वन्यजन्तुहरू मृत भेटिएको स्थानीहरूले बताएका छन ।

उक्त औद्योगिक क्षेत्रको गृहमन्त्री सुधन गुरुङले अवलोकन समेत गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us