मरिसस र सिंगापुरका मन्त्रीहरूसँग परराष्ट्रमन्त्री खनालको भेट

काठमाण्डु टुडे २०८२ चैत २९ गते १४:५१ मा प्रकाशित

काठमाण्डू, २९ चैत– नवौं हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी पोर्ट लुइसमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूले बेग्लाबेग्लै भेटवार्ता गरेका छन ।

मन्त्री खनालले मरिससका विदेश, क्षेत्रीय एकीकरण तथा अन्तरराष्ट्रिय व्यापारमन्त्री एच.इ. धनञ्जय रामफल र सिङ्गापुरका विदेश तथा सामाजिक एवं पारिवारिक विकास राज्यमन्त्री एच.इ. जुल्कर्नाइन अब्दुल रहीमसँग शनिबार भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटवार्तामा परराष्ट्रमन्त्री खनालले दुवै देशका मन्त्रीसँग आपसी सम्बन्ध सुदृढीकरण, क्षेत्रीय सहकार्य तथा द्विपक्षीय हित र साझा चासोका विविध विषयमा छलफल गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us