कमला नदीमा डुबेर एक युवकको मृत्यु

काठमाण्डु टुडे २०८२ चैत २९ गते १४:४० मा प्रकाशित

काठमाण्डू, २९ चैत– धनुषा र सिरहाबीचमा बग्ने कमला नदीमा पौडीखेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने १८ वर्षीय महम्मद आयन कमड रहेको प्रहरीले जानकारी दिएको छ ।

शनिबार पिकनिक गएका उनी गणेशमान चारनाथ नगरपालिका–५ टोडकीटोलस्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्तसहितको सशस्त्र प्रहरीले उनलाई आज बिहान करिब १० बजे फेला पारेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us