भारतीय गायिका आशा भोसलेको निधन

काठमाण्डु टुडे २०८२ चैत २९ गते १३:३१ मा प्रकाशित

काठमाण्डू, २९ चैत– भारतीय चर्चित गायिका आशा भोसलेको निधन भएको छ । आज (आइतबार) मुम्बईको ब्रीच क्यान्डी अस्पतालका चिकित्सकले गायिका भोसलेको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

आशा भोसलेलाई कार्डियक अरेस्ट भएपछि शनिबार अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनी दशकौँसम्म गायन क्षेत्रमा सक्रिय रहिन् । उनी ९२ वर्षकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us