काठमाण्डू, २९ चैत– कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१९ फुलबारीका २२ वर्षीय राम मिलन चौधरी रहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको छ ।
कैलारी गाउँपालिका–१ स्थित हुलाकी राजमार्गमा सुप्रप्र ०१–००१ च ३७५३ नम्बरको बोलेरो पिकअप जिप र बा २६ प ३०२७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि धनगढीको निसर्ग अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा शनिबार बेलुका मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बोलेरो पिकअप र चालक भजनी नगरपालिका–५ का २३ वर्षीय राजु डगौरालाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।