सम्पत्ति छानबिनको निर्णय म प्रधानमन्त्री हुँदा गरेको हुँ :प्रचण्ड

काठमाण्डु टुडे २०८२ चैत २८ गते १६:०८ मा प्रकाशित

काठमाडौं-नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर्ने निर्णय आफू प्रधानमन्त्री रहँदाकै बेला गरिएको बताएका छन् ।
पेरिसडाँडास्थित पार्टी मुख्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त निर्णय आफ्नै कार्यकालमा भएको दाबी गर्दै यस विषयमा आफूले पटक–पटक सार्वजनिक रूपमा बताइसकेको उल्लेख गरे ।

सम्पत्ति छानबिन प्रक्रियाबारे बोल्दै उनले अहिलेको सरकारको कामबारे तत्काल टिप्पणी गर्न हतार नगर्ने बताए ।

उनले वर्तमान नेतृत्वलाई काम गर्ने समय दिनुपर्ने धारणा राख्दै राम्रो काम हुने अपेक्षा व्यक्त गरे ।
सरकारले प्रचण्डसहित शेरबहादुर देउवा र केपी शर्मा ओली लगायत शीर्ष नेताहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us