निजी क्षेत्रको अर्थतन्त्र बलियो भए मात्रै देश बन्छः सांसद झा

काठमाण्डु टुडे २०८२ चैत २८ गते १६:०३ मा प्रकाशित

काठमाण्डू, २८ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउनसके मात्रै देशको अर्थतन्त्र बलियो हुने बताएका छन ।

आज (शनिबार) राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई राजधानीमा संवोधन गर्दै झाले यस्तो बताएका हुन । उनले निजी क्षेत्रको विकास विना अर्थतन्त्र मजबुद हुन नसक्ने पनि बताएका छन ।

सांसद झाले प्राइभेट क्षेत्रको ग्रोथले मात्रै मुलुकको अर्थमन्त्र मजबुत हुने बताउँदै गभर्मेन्ट र डेभलपमेण्ट इकोनोमीले स्थायित्वमा मद्दत पुर्‍याउने पनि बताएका छन । झाले भने, ‘जुनसुकै देशमा पनि तीन तहको अर्थतन्त्र हुन्छ ।

त्यो भनेको प्रभाइभेट, गभर्मेन्ट, डेभलपमेन्ट इकोनोमी हुन्छ । जबसम्म प्राइभेट सेक्टरको इकोनोमी बलियो हुँदैन तबसम्म देश बलियो हुँदैन ।’ सांसद झाले सन् २०२६ को तथ्यांक उल्लेख गर्दै अमेरिकाको प्राइभेट सेक्टरको इकोनोमी साढे ४६ हजार खर्ब बराबरको रहेको पनि बतएका छन ।

उनले भने, ‘अहिले सन् २०२६ को तथ्यांक हेर्ने हो भने अमेरिकाको प्राइभेट सेक्टरको इकोनोमी नेपाल मुद्रामा हेर्दा साढे ४६ हजार खर्ब बराबरको छ । यसअर्थ अमेरिकामा निजी क्षेत्रको पुँजी साढे ४६ हजार खर्ब बराबरको छ ।

चीनमा निजी क्षेत्रको पुँजी ३० हजार खर्ब बराबरको छ । त्यसैले हामीलाई निजी क्षेत्रको पुँजी बलियो बन्नुपर्नेछ । अनि बल्ल हामी अघि बढ्न सक्छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us