कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा: ७ करोड ७८ लाख बिगो माग

काठमाण्डु टुडे २०८२ चैत २६ गते १६:३५ मा प्रकाशित

काठमाण्डू, २६ चैत– अख्तियार दुरुपयोग अन्सन्धान आयोगले विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले महरा, उनका छोरा राहुल र सहसचिव अरुण पोखरेल, चार जना विदेशी नागरिकसमेतलाई विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले ठ करोड ७८ लाख विगो माग दाबी गरेको छ ।

नेकपाका नेता समेत रहेका महराको भेपबाट हुने सुन तस्करीमा संलग्न चिनयाँ नागरिकसँगको सम्बन्ध र कारोबार खुलेपछि अख्तियारले मुद्दा लैजाने निर्णय गरेको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us